कोरोना भाइरस विरुद्धको खोप सन् २०२१ अघि बन्दैन : विश्व स्वास्थ्य संगठन

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि  कोरोना भाइरसविरुद्धको खोप  नबन्ने जनाएको छ।

 

संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन्।

 

खोप निर्माण नभइन्जेल भौतिक दूरी, सरसफाइ, मास्कको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरूरी रहेको उनको भनाइ छ । कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन्।

बेलायतले तयार पारेको खोप मानव परीक्षणमा पनि सफल भएपछि त्यसलाई बृहत मात्रामा परीक्षण गरिदैछ ।

प्रतिकृया दिनुहोस

विश्वमा १ करोड ५३ लाख बढीमा कोरोना पुष्टि,९३ लाख ४० हजार ९२७ संक्रमणमुक्त

काठमाडौं – विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।   यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७८ हजार ६२५ जनामा

भारतमा कोरोनाबाट २४ हजार बढीको मृत्यु,संक्रमितको संख्या ९ लाख ३७ हजार नाघ्यो

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा मृतक संख्या २४ हजार ३१५

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो,५ लाख ७२ हजार बढी संक्रमणमुक्त

  काठमाडौं – चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।   मंगलबार बिहान सम्म ९ लाख ७ हजार ६४५ जना