भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो,५ लाख ७२ हजार बढी संक्रमणमुक्त

 

काठमाडौं – चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।

 

मंगलबार बिहान सम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

 

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

 

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोना भाइरस विरुद्धको खोप सन् २०२१ अघि बन्दैन : विश्व स्वास्थ्य संगठन

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि  कोरोना भाइरसविरुद्धको खोप  नबन्ने जनाएको छ।   संगठनका कार्यकारी निर्देशक माइक

विश्वमा १ करोड ५३ लाख बढीमा कोरोना पुष्टि,९३ लाख ४० हजार ९२७ संक्रमणमुक्त

काठमाडौं – विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।   यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७८ हजार ६२५ जनामा

भारतमा कोरोनाबाट २४ हजार बढीको मृत्यु,संक्रमितको संख्या ९ लाख ३७ हजार नाघ्यो

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा मृतक संख्या २४ हजार ३१५