'जिटिभी सारेगमप' मा तेस्रो भए प्रितम आचार्य

काठमाडौैं, २७ जेठ– भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को आइतबार फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन् । छ जनाको 'टप-६' मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् । यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी 'रियालिटी शो' को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको 'ग्र्यान्ड फाइनल' मा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानको प्रतिक्रिया थियो, 'रोमान्टिक गीतमा तिमी अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि छौ ।' कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र 'सेलेब्रिटी' पाहुनाहरूको मन जित्दै आएका थिए । उनले गाएको 'सन्देशे आते हैं' र 'तडप तडपके' गीत खुबै रूचाइएका थिए ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित

२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक

लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ।    पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी