शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे

२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरको अवलोकन गर्न पाइन्छ्।

 

हिउँद तथा बर्खाको समयमा जङ्गल प्रवेशमा समस्या हुन्छ। कात्तिक महिनादेखि अन्तिम जेठसम्म राष्ट्रिय निकुञ्जमा पर्यटकहरूले अवलोकन भ्रमण गर्न सक्छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहले सहज प्रवेश रहेको बताए। उनले भने, ‘राष्ट्रिय निकुञ्ज भित्र प्रवेश व्यवस्था सहज छ। पर्यटकहरूले हाम्रो गेटमा साधन पाउन सक्नु हुन्छ। त्यो साधनर भाडामा लैजान सक्नु हुन्छ। विना झन्झट उहाँहरूले जनावरहरू हेर्न सक्नुहुन्छ।’

 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, हात्ती, चितुवा, भालु, बाह्रसिङ्गा, विभिन्न प्रजातिका चराहरू तथा घाँसे मैदानहरुको अवलोकन गर्न पाइन्छ। जङ्गली जनावर तथा प्रकृति प्रेमीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमणका लागि आउने गरेका छन्। फाँटहरूमा सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख आकर्षक हुन्। प्रकृतिको सुन्दर दृश्यहरू शुक्लाफाँटामा देख्न सकिन्छ। उनले भने, ‘पर्यटकहरूका लागि आकर्षण नै आकर्षण छन्। प्रकृतिमा रुचि भएकाहरूलाई गैँडा, बाघ, हात्ती लगायतका जनावरहरू देख्न सक्छौ। सयौँको सङ्ख्यामा बाह्रसिङ्गाहरू छन्।’

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिकदेखि हालसम्म २ हजार तीन सय ८८ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन्। निकुञ्ज क्षेत्रमा चैत महिनामा मात्र पाँच सय २० जना पर्यटकले अवलोकन गरेका छन्। निकुञ्जको प्रवेशद्वारमा भाडाका गाडी पाउने गरेका छन्। चार घण्टा राष्ट्रिय निकुञ्ज घुमाउन गाडी पाउने गरेका हुन्। कारहरू एक हजार, जिपहरू २ हजार पाँच सय र अन्य ठुला भ्यानहरूको तीन हजार रुपैयाँसम्म भाडा लाग्ने गरेको छ। राष्ट्रिय निकुञ्जमा सहज प्रवेश दिइएको छ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख शाहले चौधर नदीमा पुल निर्माण आवश्यक रहेको बताए। शुक्लाफाँटाको पूर्वी र पश्चिम भागको बिचमा रहेको चौधर नदीमा पुल आवश्यक रहेको उनले बताए।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार घण्टामा सात प्रजातिसम्मका जनावरहरू देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस

धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी

शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ चैत्र ८, शुक्रबार । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर