स्थानीय तह उप निर्वाचन – आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
२०८१ मंसिर ५, बुधबार, काठमाडौं – स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
२०८१ मंसिर १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार देखि बाघको गणना सुरु गरिएको छ। निकुञ्जको जङ्गल क्षेत्रमा
कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग
२०८१ मंसिर १५, कञ्चनपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रे गर्न माग
२०८१ मंसिर १३ गते, बिहीबार, कञ्चनपुर । स्थानीयले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग
प्रतिकृया दिनुहोस