सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह
२०८१ असोज १३ गते आइतबार, काठमाण्डौँ। सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो ।
सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने
२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,
कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान
प्रतिकृया दिनुहोस