रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ । रास्वपामा हाल दुई उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले छन् ।

 

महामन्त्री एक जना हुनेछन् । सहमहामन्त्री एक महिलासहित तीन जना हुनेछन् । हाल पनि कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य सहमहामन्त्री छन् । कोषाध्ष्यक्ष एक जना, दुई सहकोषाध्ष्यक्ष, एक प्रवक्ता र दुई सह प्रवक्ता रहने विधानमा प्रस्ताव छ । हाल तीन सहप्रवक्ता छन् । अब घटाएर २ बनाउने प्रस्ताव छ । कोषध्यक्ष र प्रवक्ता बाहेकका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने पनि विधानमा प्रस्ताव छ ।

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा

गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क,

सहरी विकास मन्त्री सिंहले धनगढीमा गरे उद्यानको शिलान्यास

२०८१ असोज ०२ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान