गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क, मालाखेती चोक, स्याउले बजार र लालपुर बजारमा हाइमास्ट लाइट जडान गरिएको हो । हाइमास्ट लाइटको मंगलबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले स्विच अन गरेर उद्घाटन गरेका थिए ।

 

स्याउलेमा हाइमास्ट लाइटको उद्घाटन गर्दै उनले पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया – दिपायल सडक खण्डको केन्द्र स्याउले बजारमा हाइमास्ट लाइट जडान भए सँगै स्थानीयलाई सहज हुने बताए । उनले बढी भिडभाड हुन क्षेत्र मालाखेती चोक, अत्तरिया बसपार्क, लालपुर चोकमा पनि हाइमास्ट लाइट जडान गरिएको बताए । यसअघि नगरपालिकाले अत्तरिया चोकमा हाइमास्ट लाइट जडान गरेको थियो ।

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा

रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको

सहरी विकास मन्त्री सिंहले धनगढीमा गरे उद्यानको शिलान्यास

२०८१ असोज ०२ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान