सहरी विकास मन्त्री सिंहले धनगढीमा गरे उद्यानको शिलान्यास

२०८१ असोज ०२ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै जोडिएको वीरेन्द्रऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशामान सिंहले उद्यानको शिलान्यास गरेका हुन्। धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा धनगढी आएका मन्त्री सिँहले उद्यानको समेन शिलान्यास गरेका छन्।

 

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। नेशनलरपवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्रऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्रऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको छ।

 

वीरेन्द्रऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण हुँदैछ। निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्रऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्ने छ।

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा

रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको

गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क,