आजको मौसम

२०८१ असोज ०२ गते बुधबार, ​​​​। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

 

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।

 

दिउँसोː लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भु(भागका थोरै स्थानहरु तथा बाँकी भू(भागको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

रातीː कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ भदौ ३१ गते सोमबार,। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी

आजको मौसम

२०८१ भदौ ३० गते आईतबार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास

सुदूरपश्चिम सहित पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, नदीहरुमा जलस्तर उस्तै, सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना

२०८१ भदौ २९ गते शनिबार, कञ्चनपुर । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि