धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी  कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो। ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ।

 

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलियाधनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ।

 

धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए। उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर् बसमा यात्रा गर्न पाइने बताए। २०८१ असोज १ गतेदेखि सुरू हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ। नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ।

 

हरेक दिन हसुलियाबाट ६ बजे बस छुट्ने छ। त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ। नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्नेछन्। तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइनेछ। नगर बसको संचालनले फूलबारीको धनगढीसँगक कनेक्टिभिटी बढेको वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए।

 

दस वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एण्ड के कन्स्ट्रक्सनले पाएको हो। नगर बसले सर्वसाधारणलाई प्रत्यक्ष लाभ मिल्ने  फूलबारीका स्थानीय डेगमान पौडेलले बताए। धनगढी उपमहानगरपालिकाले फूलबारीलाई धनगढीकै हाराहारीमा विकास गर्ने लक्ष्य राखेको छ।

 

फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको नगर प्रमुख गोपाल हमालले बताए। नगर बस सञ्चालन भएपछि सर्वसाधारणले ठिक समयमा धनगढी ओहोरदोहोर गर्न पाउने भएका छन्। स्थानीय किसानले आफ्नो कृषि उत्पादन सहजै बजारसम्म पुगाउन नगर बस सेवाको सञ्चालनले  सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर

शुक्लाफाँटामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरियो

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार सामाजिक चेतना तथा