धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ। आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन्।

 

सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप(प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

 

संघीय सहरी विकास आयोजनाले सडक बत्ती जडान गरेको हो।  कार्यक्रममा नगर उप(प्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई उज्यालो पार्ने काममा उपमहानगरले काम गरिरहेको बताए। उनले सबै वडामा उज्यालो कार्यक्रम पुगाउन उपमहानगरले आगामी दिनमा समेत काम गर्ने बताइन्।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर

शुक्लाफाँटामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरियो

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार सामाजिक चेतना तथा