शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर अस्पताल, र वडा नं। २ स्थित खानेपानी आयोजनाको काम ६५ प्रतिशत काम सम्पन्न भएको हो। ३ वटै योजनाको काम तिब्र रुपमा भइरहेको नगरपालिकाका ईन्जिनियर दिपक धामीले बताए। ‘अबको ३९५ महिनाभित्रै काम सक्ने योजना छ,’ उनले भने, ‘त्यही अनुसार निर्माण कम्पनीलाई निर्देशन दिएका छौं।’

 

शुक्लाफाँटा नगरपालिका–१० मा निर्माणाधीन नगर स्तरीय कभर्ड हलको तिब्र रुपमा भइरहेको छ। नगरपालिकाकै लगानीमा निर्माण भइरहेको कभर्ड हलको भौतिक प्रगति ६५ प्रतिशत छ। कभर्ड हलमा डबल बाडमिन्टन कोर्ट, भलिबल कोर्ट, १ सय ५० जना अटाउने प्याराफिट, १२ वटा शौचालय, र महिला–पुरुषका लागि छुट्टाछुट्टै चेन्जिङ रुमको सुविधा रहेको ईन्जिनियर धामीले बताए। उनका अनुसार कभर्ड हलको आर्थिक प्रगति २२ प्रतिशत भएको छ।

 

२ करोड ६६ लाख ४९ हजार ५ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरि एसएनएस जयलक्ष्मी जेभी कम्पनीले कभर्ड हल निर्माण गरिरहेको छ। कार्तिक मसान्तसम्म निर्माण सक्नुपर्ने छ। निर्माण पूरा भएपछि कभर्ड हलले खेलकुदलाई प्रोत्साहन गर्नेछ।

 

नगर अस्पतालको ५१५ प्रगति

शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीमा निर्माणाधीन १० शैयाको नगर अस्पतालको ५१ प्रतिशत काम सम्पन्न भएको छ। ९ करोड ८१ लाख ७९ हजार ८ सय २५ रुपैयाँ लागतमा निर्माण भइरहेको नगर अस्पतालमा भवन, गेट, पर्खाल, गार्ड पोष्ट, पेभमेन्ट, वाटर ट्यांक, सेप्टिक ट्यांक, सोक पिट, र गार्डेनिङको सुविधा छन्। के निरज जेभीले निर्माण गरिरहेको अस्पतालको आर्थिक प्रगति हालसम्म ४७ प्रतिशत पुगेको छ। नगर अस्पतालको ५ महिना म्याद थप गरिएको छ। जस अनुसार निर्माण कम्पनीले मंसिर मसान्तभित्र काम सक्नुपर्नेछ।

 

खानेपानी आयोजना निर्माण तिब्र

शुक्लाफाँटा नगरपालिका वडा नं।२ स्थित निमार्णाधीन खानेपानी आयोजनाको तिब्र गतिमा भइरहेको छ। हालसम्म ६५ प्रतिशत भौतिक प्रगति गरेको छ । कुल लागत ६ करोड १४ लाख ५४ हजार ६ सय ८५ रुपैयाँमा निर्माण भइरहेको योजनाबाट वडावासीले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन्।

 

उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको खानेपानी योजनामा २२।९७ किलोमिटर लामो वितरण पाइप, १ सय ६१ मिटर टूान्समिसन पाइप र ५ सय ८५ धारा जडान गरिनेछ। खानेपानी आयोजनाको हालसम्म ३०।१८ प्रतिशत आर्थिक प्रगति भएको छ। बहुवर्षे खानेपानी योजनाको ८ महिना म्याद थप गरेर चालु आर्थिक वर्षको फागुन मसान्त भित्र काम सक्नुपर्ने समय सीमा दिइएको छ।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरियो

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार सामाजिक चेतना तथा