शुक्लाफाँटामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरियो

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा विद्युतिय चुलो विस्तार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार सामाजिक चेतना तथा विकास संघ बैतडीको आयोजना नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा इन्डेक्स चुलोको प्रयोग तथा फाइदाबारे छलफल गरिएको थियो। विद्युतिय चुलो प्रवद्र्धन परियोजना प्रोजेक्ट कोर्डिनेटर शंकरदेव अवस्थीले चुलोबारे जानकारी दिएका थिए। उनले इन्डेक्स चुलो अनुदान दिइने बताए। उनका अनुसार एकल महिला, दलित सिमान्तकृत विपन्न समुदायलाई चुलो र भाडा खरिदमा अनुदान दिइने बताए।

 

विद्युतिय प्रवद्र्धन कार्यक्रम कञ्चनपुरसहित सुदूरपश्चिका पहाडीमा जिल्लामा सञ्चालनमा रहेको उनले बताए  । ‘चुलो खरिदमा १ हजार ७५ र भाडा खरिदमा १ हजार ५ सय ७५ रुपैयाँ अनुदान दिने गरेका छौं,’ उनले भने। दाउरा तथा गुइठाको प्रयोगबाट मानिसले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि विद्युतीय चुलोको प्रयोग गर्नु आवश्यक रहेको उनले बताए। ‘नेपालमा ७० प्रतिशत परिवार दाउरा तथा गुइठाको प्रयोग गर्छन्,’ उनले भने, ‘नेपालमा धुँवाबाट सृजित रोगबाट प्रत्येक वर्ष २२ हजार बढीले अकालमै ज्यान गुमाउनु परेको छ।

 

विद्युतिय चुलो प्रयोगबारे समुदायमा जानकारी दिनुपर्ने सानाकिसान सहकारी पीपलाडीकी प्रबन्धक मधु गिरीले बताइन्। ‘विगतमा पनि विद्युतिय चुलोहरु वितरण भएका छन्, तर चुलो चलाउने तरिका थाहा नपाउँदा त्यसको सदुपयोग हुन सकेको छैन्,’ उनले भनिन्। सामुदायिक वन तथा संघसंस्थाहरुले विद्युतिय चुलोमा सहकार्य गरेर उपभोक्ताहरुलाई वितरण गर्नुपर्ने नगर उपप्रमुख कल्पना पन्तले बताइन्।

 

इन्डेक्स चुलोको प्रयोग बढाउनका लागि उपभोक्ताको सहकार्य आवश्यक रहेको नगर प्रमुख रणबहादुर महराले बताए। ‘विद्युतिय सामाग्रीको प्रयोगमा हामीले सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा विद्युतको राम्रो सम्भावना छ, त्यसैले पनि विद्युतिय उपकरणको प्रयोगमा जोड दिनुपर्छ।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर