ईलाका प्रहरी कार्यालय झलारीमा आइतबार परिचायात्मक कार्यक्रम सम्पन्न

२०८१ भदौ ३१ गते सोमबार, झलारी । इलाका प्रहरी कार्यालयमा आइतबार परिचयात्मक कार्यक्रमका सहभागीहरुले अपराध नियन्त्रणमा जोड दिएका छन्। सहभागीहरुले लागुऔषध नियन्त्रण, चारी, अवैध मादकपदार्थ सेवनको रोकथाम, जुवातास रोकथामलगायतका अपराधका घटना रोकथाममा जोड दिएका हुन्।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागी वडा नं। २ का अध्यक्ष भोदुराम डगौराले अवैध मादकपदार्थ सेवनको रोकथाम गर्नुपर्ने बताए।

 

वडा नं। २ र ३ जोड्ने पुल छ, त्यहाँ युवा पुस्ताहरु अनैतिक गतिविधिमा लागेको देखिन्छ,’ उनले भने, ‘त्यसको रोकथामका लागि प्रहरीले निगरानी बढाउनु आवश्यक छ। शुक्लाफाँटामा लागुऔषध दुव्र्यसनी बढेको वडा नं। ११ का अध्यक्ष शेरबहादुर साउँदले बताए। ‘लागुऔषध युवाहरु फसेका छन्, प्रहरीले ऐन, नियम र कानूनमा रहेर काम गर्नुपर्छ,’ उनले भने। शुक्लाफाँटा लागुऔषधको टान्जिट पोइन्ट बनेकाले रोकथामका लागि निगरानी बढाउनुपर्ने वडा नं। ९ का अध्यक्ष रमेश ऐरले बताए।

 

चोरीका घटना बढेको बताउँदै शुक्लाफाँटा उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउँदले अपराध नियन्त्रणमा प्रहरीले जोड दिनुपर्ने बताए। रातिका समयमा अपराधिक गतिविधि बढेको वडा नं। ५ का अध्यक्ष चक्रबहादुर खड्काले बताए। ‘रातिका समयमा अपराधका घटना बढी भएको पाइन्छ, त्यसको रोकथाममा प्रहरी साधा पोषाकमा निगरानी गर्नुपर्छ,’ उनले भने, ‘गाउँघरमा अवैध रक्सीको कारोबार भइरहेको छ, त्यसमा पनि प्रहरीको ध्यान जानु जरुरी छ।

 

प्रहरी र नगरपालिकाले अपराध रोकथाममा सहकार्य गर्नुपर्ने वडा नं। १ का अध्यक्ष उत्तरदेव भट्टले बताए। ‘यहाँ हुने अपराध रोकथामका लागि दीर्घकालिन योजना बनाएर काम गर्नु आवश्यक छ,’ उनले भने, ‘लागुऔषध कारोबारीनै चारीका घटनामा संलग्न हुने गरेको पाइन्छ। अस्थायी प्रहरी पोष्ट बन्शाहालाई चौकीमा स्तरोउन्नती गर्नुका साथै जनशक्ति थप गर्नुपर्ने वडा नं। १ का सदस्य बलदेव अवस्थीले बताए।

 

लागुऔषध, अनैतिक गतिविधि, जुवातास खुलेयाम हुने गरेकाले रोकथाम गर्नुपर्ने रास्वपाका नेता शिवराज भट्टले बताए। ‘स्थानीय सरकारले प्रहरीलाई स्रोतसाधनमा सहयोग गर्नुपर्छ,’ उनले भने। वडा नं। ७ का अध्यक्ष प्रताप धामीले उत्तरी क्षेत्रमा प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए। ‘वडा नं। ७ र ८ को बीचमा एउटा प्रहरी चौकीको अतिनै आवश्यकता छ,’ उनले भने। खसी, बाख्रा चोरीका घटना बढेको वडा नं। १२ का अध्यक्ष नवलसिंह रानाले बताए।

 

जनतासँग साझेदारी गरेर अपराध रोक्नुपर्छ,’ उनले भने। शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले नगर सुरक्षा समितिले योजना बनाएर शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए। ‘नगरभित्र हुने अपराधिक गतिविधि रोक्न नगरपालिका र प्रहरीले संयुक्त रुपमा काम गर्नुपर्छ,’ उनले भने, ‘जनचेतनामूलक कार्यक्रममा

 

पनि जोड दिनुपर्छ। अपराध रोकथाममा समुदायले सहयोग गर्नुपर्ने प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए।

 

अपराध भएको सबैभन्दा सामाजले थाहा पाउँछ, ती सूचना दिएमा हामीलाई अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग पुग्छ,’ उनले भने, ‘सूचना स्रोतको गोपनियता हामी राक्छौं, ढुक्क भएर सूचना उपलब्ध गराउनुहोला। चाडपर्व लक्षित सुरक्षा योजना बनाइने उनले बताए। स्थानीय तहसँग सहकार्य गरेर अवैध रक्सीको रोकथाम गरिने उनले बताए। ‘रक्सीकै कारण अधिकांस घरेलु हिंसाका घटना भएको पाइन्छ,’ उनले भने, ‘हामी कानूनमा रहेर काम गर्छौ। लागुऔषध रोकथामका सबैले सहयोग आवश्यक रहेर्को बताए। ‘लागुऔषधमा बालबालिकाहरुलाई फस्न नदिन अभिभावकले आफ्नो छोराछोरीको रेखदेख गर्नु आवश्यक छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर