सुदूरपश्चिम सहित पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, नदीहरुमा जलस्तर उस्तै, सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना

२०८१ भदौ २९ गते शनिबार, कञ्चनपुर । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि यि ठाउँमा पानी पर्न कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिममा भने आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।

 

गएरातिदेखि नै पानी पर्न कम भए पनि महाकाली नदीमा भने बाढी उस्तै छ । महाकाली नदी अन्तर्गत डडेलधुराको जोगबुढा वर्षामापन केन्द्रमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सयभन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग र केआई सिंह राजमार्ग अबरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ असोज ०२ गते बुधबार, ​​​​। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर

आजको मौसम

२०८१ भदौ ३१ गते सोमबार,। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी

आजको मौसम

२०८१ भदौ ३० गते आईतबार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास