झलारीमा सुनचाँदी व्यवसायी संघद्धारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न

२०८१ भाद्र २४ गते, सोमबार, झलारी । महाकाली सुनचाँदी व्यवसायी संघले आइतबार झलारीमा तीज विशेष कार्यक्रममा मनाएको छ । हरितालिका तिजको अवसरमा सुनचाँदी व्यवसायी संघले कार्यक्रमको आयोजना गरेको हो ।
झलारी बजारमा आईतबार भएको “तीज विशेष कार्यक्रम” को महाकाली सुनचाँदी व्यवसायी संघका सचिव गजेन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा भिमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक रहनुभएको थियो ।
प्रमुख अतिथि लेखकले महिलाहरूको धार्मिक आस्था र सांस्कृतिक गतिविधिहरूलाई सम्मान गर्दै समाजमा महिला सशक्तिकरणको आवश्यकता रहेको जोड दिनुभएको छ । उहाँले तिज पर्वलाई मात्र धार्मिक उत्सवको रूपमा नभएर सामाजिक एकता र परम्पराको संरक्षणका अवसरको रूपमा पनि हेर्नु पर्नु भयो । सुन चाँदी व्यबसायीहरुकै कला र सिपबाट बनेका गहनाहरु लगाएर मेला महोत्सव, तिज मनाउने भएकाले यस पेशाको सम्मान र सरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य सुनचाँदी व्यावसायी संघका निवर्तमान चन्द्रकान्त लामिछानेले गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा महिलाहरूले तिज पर्वको विशेष पारम्परिक गीत र नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रमले सांस्कृतिक समृद्धि र सामूहिक खुशीको वातावरण सिर्जना गर्दै स्थानीय समुदायको सम्बन्धलाई अझ बलियो बनाएको महाकाली सुन चाँदी व्यावसायी संघले बताएको छ । कार्यक्रममा सबै व्यावसायीहरु सहभागिरहेका थिए ।

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
फाल्गुन २४, २०८१ काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय

चिसापानीको होटेलमा राति छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा
२०८१ फाल्गुन २२, कैलाली । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ। जिल्लाको गौरीगंगा

हेडसरले जन्मदिन मनाउने बाहानामा आफ्नै छात्रालाई चिसापानीको होटल पुर्याएपछि,....
मङ्गलबार, फागुन २०, २०८१, धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टको फागुन २ गते जन्म हो। जिल्लाको गौरीगंगा
प्रतिकृया दिनुहोस