फेसबुकले बालेनसँग माग्यो माफी, फेसबुकले फिर्ता गर्‍यो बालेनको स्टाटस

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ । बालेनको सचिवालयले फेसबुकसँग समन्वय गरेर पोस्ट रिकभर गर्न सफल भएको हो ।

 

एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । शर्माको तस्विरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।

 

एमालेका कार्यकर्ता तथा समर्थक बालेनले झूटो आरोप लगाएको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले व्यापकरुपमा रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाइदिएको थियो । एमाले कार्यकर्ताले भने बालेन स्वयमले आफ्नो पोस्ट डिलिट गर्न बाध्य भएको दाबी गर्दै आएका छन् ।

 

बालेनको सचिवालयले पोस्ट खुलाउनका लागि फेसबुकमा पत्राचार गरेको थियो । अन्ततः फेसबुकले आज पोस्ट फेरि ‘शो’ गरेको छ । फेसबुकले माफीसमेत मागेको छ ।

 

बालेनलाई पठाएको फेसबुकको नोटिसमा भनिएको छ, ‘हामीले यसलाई गलतरुपमा लिएकोमा दुःखी छौं । हामीले तपाईंको पोस्ट फेरि पुनरावलोकन गर्यौं र हाम्रो सामुदायिक मापदण्डअनुरुप नै भएको पायौं । तपाईंले पुनरावलोकनका लागि अनुरोध गर्न समय निकाल्नुभएकोमा आभारी छौं । तपाईंको प्रतिक्रियाले हामीलाई राम्रो गर्न सहयोग मिल्नेछ ।’

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा

रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको

गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क,