गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइडको ज्यान गयो, विदेशी पर्यटक घाइते

२०८१ भदौ २२ गते शनिबार, बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको ज्यान गएको छ । एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका वडा नम्बर१ का अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका९ का मनमोहन चौधरीको ज्यान गएको हो । गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताए ।

 

शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर आक्रमण गरेको वडाध्यक्ष थापाले बताए । गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई आक्रमण गरेपछि घाइते अवस्थामा रहेका उनलाई बचाउन खोज्दा टुरिस्ट गाइड चौधरीलाई गैंडाले आक्रमण गरेको र लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।

 

गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ । घाइते पर्यटकलाई उपचारका लागि नेपालगञ्ज पठाइएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी दोर्णराज शर्माले जानकारी दिए । सामुदायिक वनका वन हेरालु सकुशल रहेका उनले बताए ।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१