कृष्णपुरमा तीज संवाद कार्यक्रम आयोजना
२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । साथी संस्थाले कृष्णपुरको सिंहपुरमा तीज संवाद कार्यक्रम गरेको छ । शुक्लाफाँटा र कृष्णपुरका महिलाहरुको सहभागितामा तीज संवाद कार्यक्रम गरिएको हो । समानता, सशक्तिकरण र सहअस्तीत्वको लागी तीज संवाद कार्यक्रममा वक्ताहरुले अफ्ना अनुभव सुनाएका हुन् ।
लैङ्गीक समनता र महिला शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको साथी संस्थाले गरेको तीज संवाद कार्यक्रममा चर्चीत हास्य कलाकार जितु नेपाल, सुदूरपश्मि क्षेत्रको दलित महिलाको अधिकारकालागि अग्रसर महिला नेतृ सावित्री घिमेरे, पिछडिएका क्षेत्रका समुदाय र क्षेत्रमा विषेश काम गरिरहेकी महिला पत्रकार उन्नती चौधरी र नेपाल राष्ट्रिय भलिबल खेलका पुर्व खेलाडी तथा राष्ट्रिय प्रशिक्षक जगदिश भट्टले समानता, सशक्तिकरण र सहअस्तीत्व सहितका जिवन भोगाई र अनुभवहरु साझा गर्नु भएको थियो ।
बुधबार कृष्णपुर नगरपालिकाको सिंहपुरमा भएको तीज संवाद कार्यक्रममा साथी संस्थाकी संस्थापक अध्यक्ष तथा लैङ्गीक समानता र महिला शसक्तिकरणकी नेतृ बन्दना राणाले सहजीकरण गरेको कार्यक्रममा हास्य कलाकार जितु नेपालले महिला पुरुषमा हुने भेदभावले समाज विकासमा असन्तुलन हुने हुँदा सबैलाई समानता ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सयौको संख्यामा सहाभागीहरुका विचमा वत्ताका रुपमा रहेका भलिबल खेलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्टले आजका आमाहरुले बुढा बा आमालाई सम्मान गर्दै नयाँ पुस्तालाई भेदभाव र विभेदबारे राम्रो शिक्षा दिनु पर्नेमा जोड दिनुप¥यो ।
यस्तै हास्य कलाकार जितु नेपालले अहिले सबै किसमका भेदभाव पहिलाका तुलनामा कम भएको र आगामिदिनमा भेदभाव रहित समाज बन्नेमा आफु विश्वस्त भएको बताउनुभयो । कार्यक्रमका अर्का वक्ता सावित्रा घिमेरेले दलित महिलाहरुका पिडा धेरै रहेको तर अहिले पहिलाका तुलनामा देशमा भएका विभिन्न आन्दोलन, परिवर्तनले र कानुनले कम भएको बताउनुभयो
कार्यक्रममा सुदूरपश्चिम सरकारका समाजिक विकास राज्इ मन्त्री सरस्वती खड्काले सार्वजनीक ठाउँमा सबैले समानता र सम्मानका कुरा गरे पनि सबैका घरमा महिलाहरु असमानता र विभेदमा रहको बताउनुभयो । उहाँले साथी संस्थाले गरेको कामको उच्च प्रशंसा गर्दै सरकारले महिला शसक्तिकरणकालागि काम गर्ने प्रतिबद्धाता जनाउनु भयो ।
साथी संस्थाले विगत ३० बर्षबाट लैङ्गीक समनता र महिला शसक्तिकरण तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपाकिलाको वडा नं। ११ र कृष्णपुर नगरपालिकाको वडा नं। २ मा गोल परियोजना मार्फत लैङ्गीक समनताका लागि गोल परियोजना संचालनमा रहेको छ ।
संस्थाकी संस्थापक अध्यक्ष बन्दना राणाले समाजका सबै कुरुती र कुसंस्कार हटाउँदै जानु पर्ने बताउनुभयो ।
धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु
२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार
धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली
२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको
शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै
२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर
प्रतिकृया दिनुहोस