शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना

२०८१ भदौ १९ गते बुधबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा आब ०८०र८१को स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ ।
गोष्ठीको नगर प्रमुख रण बहादुर महराले उद्घाटन गर्नु हुदै स्वास्थ्य चौकीको सेवा सुदृढीकरण गर्नका लागि विशेष योजना ल्याउन लागेको बताउनु भयो । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्य चौकी र बन्साहा सशहरी स्वास्थ्य केन्द्रलाई आधुनिकरण गर्न प्रदेश र संघीय सरकार संग विशेष योजना माग गरिएको उहाँले बताउनु भयो । स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रको विकास गर्नका लागि प्रतिवद्ध रहेको उहाँको भनाई रहेको छ । गुणस्तरयुक्त औषधीको प्रयोगमा जोड दिनु पर्ने उल्लेख गर्नु हुदै उहाँले स्वास्थ्यकर्मीले विरामीको विश्वास जित्ने गरी व्यवहार गर्नु पर्ने बताउनु भयो । जनशक्ति व्यवस्थापनको कार्यलाई अगाडी बढाईने उहाँको भनाई थियो ।
नगर उप प्रमुख कल्पना पन्तले विगतको तुलनमा स्वास्थ्य संस्थाको अबस्थामा सुधार भएको बताउनु भयो । स्वास्थ्य चौकीमा आधुनिक उपकरण, यन्त्र, मेसिन भएपनि दक्ष जनशक्ति नहुदा सञ्चालनमा आउन नसकेको प्रति उहाँले चिन्ता प्रकट गर्नु भयो । स्वास्थ्य उपकण र यन्त्र सञ्चालनका लागि आवश्यक तालिमका लागि सहजिकरण गरिने उहाँले बताउनु भयो । महिलाहरुमा पाठेघर खस्ने समस्या चुनौतीका रुपमा रहेको उल्लेख गर्नु हुदै उहाँले विपन्न परिवारका महिलाका लागि उपचारका लागि ठोस योजना ल्याउनु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष उत्तरदेव भट्टले स्वास्थ्य चौकीमा आवश्यक सुविधा थप्नु पर्ने बताउनु भयो । उहाँले औषधीको अभाव हुन नदिनका लागि कार्य अगाडी बढाउनु पर्छ उहाँले भन्नुभयो, आधारभूत आवश्यकता पूर्ति गर्ने योजना ल्याइनु पर्छ । गोष्ठीमा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले स्वास्थ्य सम्बन्धीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालयका उद्धव बहादुर ठगुन्ना, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख लगायको सहभागीता रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे
२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा
.png)
धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी
शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै
२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको
प्रतिकृया दिनुहोस