कैलालीमा जापानिज इन्सेफलाइटिस बाट दुई जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि
२०८१ भदौ १९ गते बुधबार, धनगढी । जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।
यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन्।
उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन्।
झलारीको खुल्ला मञ्चमा राप्रपाले डेउडा कार्यक्रम आयोजना गर्दै
२०८१ भाद्र २४ गते, सोमबार, झलारी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शुक्लाफाँ नगर कार्य समितिले डेउडा कार्यक्रम गर्ने भएको छ। शुक्लाफाँ
नेपाल टेलिकम बैतडी टावरमा कुनै तोडफोड नभएको टेलिकमको जिकिर
२०८१ भाद्र २४ गते, सोमबार, बैतडी । नेपाल टेलिकम बैतडीले टावरमा कुनै तोडफोड नभएको बताएको छ । जिल्लास्थीत सिगास गाउँपालिका – १ मा रहेको टेलिकमको
बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार पहिरो र कटानको उच्च जोखिममा
२०८१ भाद्र २४ गते सोमबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार बाढी,पहिरो र कटानको उच्च जोखिममा रहेको छ । सनीगाड र
प्रतिकृया दिनुहोस