शुक्लाफाँटा का ग्रामिण बस्तीहरुमा जंगली हात्तीको आतंक, धानबालीमा क्षति

​​​​​​२०८१ भदौ १९ गते बुधबार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका ग्रामिण बस्तीहरुमा जंगली हात्ती आतंक छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे नजिका बस्तीमा हात्तीले आतंक मच्चाएको हो।

 

केही हप्तादेखि हात्तीको आवतजावतनै शुक्लाफाँटामा छ। दैनिक जसो हात्तीले खेतवालीमा नोक्सानी गरिरहेको छ। कतिपय गाउँमा हात्ती भगाउन स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्।

 

हात्तीले वडा नं। ५, ७ र ८ का बस्तीहरुमा दैनिक धानबालीमा नोक्सानी गरिरहेको स्थानीय बताउँछन्। ८(१० संख्यामा रहेको हात्तीको बथानले धानबाली, केरा र उखुखेतीमा नोक्सान गरिरहेको वडा नं। ७ का स्थानीय दानसिंह कुँवरले बताए। उनका अनुसार नयाँबस्तीका किसानको धानबाली र केरा खेतीमा क्षति गरेको छ।

 

शुक्लाफाँटाको कालापानी, शान्तीपुर, झण्डाभोज, पारिफाँटा, पिल्लरीफाँटा, सिमलफाँटा, खजुवा लगायतका क्षेत्रमा दिनँहु जसो हात्तीको बथान पुग्छ। हात्ती भगाउने कुनै साधन नभएकाले बढी क्षती व्यहोर्नु परिरहेको कुँवरले बताए । ‘रातिमा २(३ पटक सम्म हात्तीहरु एउटै ठाउँमा आउने गरेका छन् । हात्ती भगाउनकै लागि रातभरी जाग्राम बस्नु पर्ने बाध्यता छ,’ उनले भने।

 

शुक्लाफाँटा नगरपालिका वडा नं। ८ का अध्यक्ष बहादुर सिंह महरा जंगली हात्तीहरुको आक्रमणबाट बच्न र बचाउन दैनिक जसो आफ्नो फेसबुकका माध्यमबाट जानकारी दिईरहेका हुन्छन्। उनी बैजनाथ सामुदायिक वनका अध्यक्ष समेत हुन्। मानवीय र जंगली जनावरबीचको द्धन्द कम गर्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने उनी बताउँछन् । ‘जंगली हात्तीको बास स्थान र चरन क्षेत्र मासिदै जादाँ हात्ती बस्तीसम्म पुग्ने गरेका छन्,’ उनले भने, ‘हात्तीबाट जोगिनका लागि सचेतनामुलक कार्यक्रम गर्न आवश्यक छ।

 

इलाका प्रहरी कार्यालय झलारीमा साउनयता हात्तीले खेतबालीमा क्षति पुगाएको भन्दै २७ जनाले निवेदन दिएका छन्। पहरीको तथ्यांक अनुसार वडा नं। ५ मा १३ परिवारको २० कट्टा, वडा नं। ७ मा १८ परिवारको ६९ कट्टा र वडा नं। ८ मा ६ परिवारको १५ कट्टामा लगाएको धानबालीमा क्षति भएको हो।

 

हात्ती प्रभावित क्षेत्रका लागि मेसवायरको योजना प्रदेश र संघ सरकारसँग माग गरिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले बताए। ‘हात्ती प्रभावित क्षेत्रमा नगरले पनि बत्ती जडान गरिरहेको छ,’ उनले भने, ‘क्षतिपूर्ति निकुञ्ज कार्यालयले दिने प्रवधान छ, ऐलानी जग्गा भएकाको हकमा नगरपालिकाले सक्ने सहयोग गर्दै आएको छ । 

 

शुक्लाफाँटामा विगत बर्षहरुमा हात्तीले मानवीय क्षेति समेत गरेको थियो। यहाँ गत वर्ष मात्रै हात्ती समते मरेको थियो।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे

२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी

शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको