सुदूरपश्चिमका ५ जिल्लामा रेडअलर्ट जारी,रेड अलर्ट जारी भएका जिल्लामा रात्रिबस नचलाउन र यात्रा नगर्न सरकारको निर्देशन

२०८१ साउन २२ गते, धनगढी । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लालाई रेड अलर्टमा राखेको छ। महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रेड अलर्ट जारी भएको छ। सरकारले रेड अलर्ट जारी भएका जिल्लामा भोलि बुधबारसम्म रात्रिबस चलाउन रोक लगाएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार ठूलो वर्षा भइरहेका र उच्च जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाइएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि रातिसम्म उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ ।
आज विशेष सूचना निकालेर प्राधिकरणले मौसम विज्ञान विभागले रेड अलर्टु जारी गरेका जिल्लाहरूमा विभिन्न निकायलाई निर्देशन पनि दिएको छ । रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यस्तै ठूलो पानी पर्ने अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरू राख्न र आपत् परे तुरुन्तै फोन गर्न तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस्तै ठूलो पानी पर्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ ।
यस्तै ठूलो वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन पनि प्राधिकरणको निर्देशन छ ।
सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ। पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो।
राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ। काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन सञ्चालन नहुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। सार्वजनिक यातायात कम्पनीहरूको दैनिक तालिकामा समस्या आउने भएको छ।
सापकोटाका अनुसार राति र दिउँसो सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरू नै फरक–फरक छन्। पहाडी जिल्लाहरूमा रात्रि सेवाका सार्वजनिक सवारीहरू दिउँसोको तुलनामा धेरै छन्। दिउँसो मात्र सार्वजनिक सवारी सञ्चालन हुने भएपछि यात्रुलाई समेत समस्या हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमलाई मनसुनी वर्षा हुने भएकाले ‘रेड जोन’मा रखेको छ।

दमकमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
२०८१ चैत ३० गते झापा । आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । लोकतान्त्रिक

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयको भनाई, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन् - प्रहरी
२०८१ चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रहरीको उच्च स्रोतले प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको दाबी

बैतडीमा पहिलो पटक नगरबस सञ्चालन
२०८१ साल चैत २६गते, बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस
प्रतिकृया दिनुहोस