महेन्द्रनगरमा रहेको संविधानचोकमा पुस २ गतेसम्म प्रदर्शन निषेध

झलारी । कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रको शालिक राख्ने विषयमा राजनीतिक दलबीच विवाद बढेपछि निशेधाज्ञा जारी गरेको छ। दलहरु आ-आफ्ना अडानमा दृढ देखिए पछी  दुई पक्षबीच भिडन्त हुने सम्भावनालाई हेरेर कञ्चनपुरको मुख्य शहरी क्षेत्रमा पर्ने संविधानचोकमा बिहीबा‍रदेखि पुस २ गतेसम्म प्रदर्शन गर्न रोक लगाउने निर्णयमा सरकार पुगेको हो ।

 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेश अनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

 

प्रजिअ अधिकारीले संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मत भिन्नता भै आएको सन्दर्भमाः सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको बताएका छन् । संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो ।

 

तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसअघि शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिवसहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए । प्रहरीले उनीहरूविरूद्व सार्वजनिक शान्ति हितविरूद्वको कसुरमा मुद्दा चलाएको छ । उनीहरू अहिले हाजिर जमानीमा छुटिसकेका छन् ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी