हिमालयन लाइफ इन्स्योरेन्सद्धारा ५ लाख ५४ हजार मृत्यु दावी भुक्तानी

झलारी । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी झलारी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरि मृतक बीमित शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का प्रेम सिंह विष्टको पत्नी सरला विष्टलाई ५ लाख ५४ हजारको मृत्यु दावी रकम भुक्तानी गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश उपप्रमुख प्रमानन्द पन्तले चेकमार्फत मृत्यु दावी भुक्तानी मृतक पत्नी विष्टलाई प्रदान गरेका हुन् । मृतक विष्ट तीन वर्ष अघि वार्षिक अग्रिम भुक्तानी बिमा गराएका थिए ।

 

उनको केही महिना अघि असामयिक निधन भएको थियो । मृत्यु दावी भुक्तानी गर्दै प्रदेश उपप्रमुख पन्तले मृतकप्रति श्रद्धाञ्जली अपर्ण गर्दै बिमा गर्दाको फाइदाबारे जानकारी दिएका थिए । मृत्यु दावी भुक्तानी कार्यक्रमको सञ्चालन झलारी शाखा प्रमुख महेश जोशीले गरेका थिए । कार्यक्रममा प्रदेश उपप्रमुख पन्त सहित समाजसेवी,कम्पनीका एजेन्सी मेनेजर, सञ्चारकर्मी विमला धामी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी