पर्यटन प्रर्वद्धनमा शुक्लाफाँटा

झलारी । शुक्लाफाँटा भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा नगरपालिका लागि परेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई नगरभित्रका पर्यटकीय गन्तव्य भ्रमण गराउनका लागि नगरपालिकाले सडक निर्माण संगै पर्यटकीय स्थलको पहिचानका लागि संकेत चिन्ह जडान लगायतका काम गरिरहेको छ । नगरभित्रको पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिका तल्लीन भएर लागि परेको नगर प्रमुख रण बहादुर महराले बताए ।


जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासंग सम्झौता गरेर पर्यटकीय स्थलको प्रचारप्रसार,पहिचान संगै पर्यटकीय क्षेत्रको विकासमा अहिले काम भइरहेको नगर प्रमुख महराले बताए । पर्यटकीय क्षेत्रको विकास र रोजगारीलाई संगै अगाडि बढाइएको नगर प्रमुख महराको भनाई छ । ‘पर्यटकीय क्षेत्रको विकास संगै रोजगारी सिर्जना गर्ने गरी नगरपालिका अघि बढेका छ । पर्यापर्यटको विकासमा हामी लागि परेका छौँ । ‘बतासे झर्ना, मणिका धाम, तालतलैया, होमस्टेको विकासमा कटिबद्ध भएर प्रचार प्रसार पहिचानको काममा लागेका छौँ,’ नगर प्रमुख महराले भने । 

 

यहाँका पर्यटकीय स्थल,धार्मिक स्थलको संरक्षण, प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागि परेको उनले बताए । पछिल्लो समय पर्यटकीय गन्तव्य बनिरहेको बतासे झरना, पद मार्ग निर्माण, होमस्टे सम्बन्धी तालिम,पर्यटकीय गन्तव्यको संकेत चिन्ह,डस्टविन राख्ने काम भइरहेको छ । शुक्लाफाँटा नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना बीच गत असोज २९ गते बतासे झरना पर्यटन गन्तव्य निर्माण होमस्टे तालिम उद्यमहरु सिर्जना र संकेत चिन्ह जडान आयोजना सञ्चालनमा सम्झौता भएको थियो ।

 

सम्झौता अनुसार आगामी पौष ५ गतेसम्म आयोजना सम्पन्न गरिसक्नुपर्ने आयोजना सम्पर्क व्यक्ति धिरज ऐरले बताए । नगरपालिका र परियोजनाबीच ३० लाख ५० हजारमा सम्झौता भएको छ ।  पन्ध्र लाख पचास हजार नगरपालिकाले तथा पन्ध्र लाख परियोजनाले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी