शुक्लाफाँटाका ४२ जनामा ‘सिकलसेल एनिमिया’

झलारी । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्लाफाँटा नगरपालिका९१ स्थित शहरी स्वास्थ्य केन्द्र बन्साहमा आयोजित स्वास्थ्य शिविरमा वडा नं। १, २ र १२ का ५ सय ४८ जनाले रगत परीक्षण गराएका छन्। 


स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टका अनुसार १ सय ७५ पुरुष र ३ सय ७३ महिलाको रगत परीक्षण गरिएको छ। जसमध्ये ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ। १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संबाहक देखिएको उनले बताए। ‘रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका ५४८ जनाको रगत परीक्षण गरेका थियौं, ४२ जनामा सिकलसेलको संबाहक देखिएको छ, यनीहरुको  फेरी रगत परिक्षण गर्छौ,’ उनले भने, ‘त्यसपछि सिकलसेल एनिमिया या  थालसेमिया के हो भन्ने थाहा हुन्छ।’ 


पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर जोखिममा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको औलो रोग निरीक्षक भट्टले जानकारी दिए। ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ’, उनले भने, ‘यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ।’ उनले यसको कुनै उपचार नभएको बताउँदै संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए। 


‘कञ्चनपुरमा यसको प्रकोप बढेको छ, अहिले यसको जोखिममा रहेका पालिकाहरुमा निःशुल्क रगत परीक्षण गरिरहेका छौं’, उनले भने, ‘यो सिरियस रोग हो, यसका बिरामी स्वस्थजस्तै देखिन्छ, चेक गराएपछि मात्रै पत्ता लाग्छ।’ यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालले निःशुल्क औषधि उपलब्ध गारउँदै आएको छ।

 

शहरी स्वास्थ्य चौकी बन्साहमा आयोजित सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त, स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टलगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख महराले बताए। ‘हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सबै वडाहरुमा स्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘विभिन्न समयमा स्वास्थ्य शिविर पनि गर्दै आएका छौं।’

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

कञ्चनपुर, १७ माघ : उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया,

महेन्द्रनगरमा रहेको संविधानचोकमा पुस २ गतेसम्म प्रदर्शन निषेध

झलारी । कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रको शालिक राख्ने विषयमा राजनीतिक दलबीच विवाद बढेपछि निशेधाज्ञा जारी गरेको छ। दलहरु आ-आफ्ना अडानमा दृढ

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा ५ लाख ५४ हजार मृत्यु दावी भुक्तानी

झलारी । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी झलारी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरि मृतक बीमित