कलुवापुर–चितौरा सम्म नाली निर्माण गरिने


झलारी । शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर बजारको ढल व्यवस्थापनका लागि सडकको दुबैतर्फ नाली बनाउन सरोकारवाला सहमत भएका छन्। आइतबार वडा नं- ११ का अध्यक्ष शेरबहादुर साउँदको अध्यक्षतामा बसेको सरोकारवालको बैठकले कलुवापुर बजारदेखि चितौरा नालासम्म सडकको दुबैतर्फ नाली निर्माण गर्ने निर्णय गरेको हो। 

 

कलुवापुर बजारमा पानी जम्ने समस्या समाधानका लागि बिरेन्द्र होटलको अगाडिबाट पुरानो कलभर्ट खोली पानी निकास गर्ने र समस्याको दिर्घकालिन समाधानका लागि आवश्यक संरचना निर्माण गर्न सम्बन्धित सरकारी निकायमा पहल गर्ने निर्णयमा उल्लेख छ। कलुवापुर–बेलौरी सडक निर्माणसंगै बजार क्षेत्रमा डुबानको समस्या बढेको बताउँदै प्रदेशसभा सदस्य ओमबिक्रम भाटले अब समस्याको दिर्घकालिन सामाधान गरिने बताए। 


‘डुबानको समस्या पुरानै भएको हो, समस्या समाधानका लागि सबैले मिलेर जानुपर्छ, संरचना निर्माणका लागि प्रदेश र संघ सरकारबाट बजेटको व्यवस्था मिलाउँछु,’ उनले भने। ढल निकासका लागि आवश्यक परे सडकको दायाँ बायाँ नियमानुसार जमिन खाली गर्न नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख रणबहादुर महराले बताए। ‘विगतमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरुको बैठकले दुबैतर्फ नाली निर्माण गरि समस्याको समाधान गर्ने गरिएको थियो,’ उनले भने, ‘त्यो निर्णय प्रदेश सरकारले कार्यान्वयन नर्गदा समस्या भयो, पुरानै निर्णयलाई कार्यान्वयन गर्नेतर्फ पूर्वाधार विकास कार्यालय लाग्नुपर्छ, त्यसमा नगरपालिका आवश्यक सहयोग गर्न तयार छ।’


नगर उपप्रमुख कल्पना पन्तले विकास निर्माणमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिन्।  नेकपा एमालेका प्रतिनिधि जगत बहादुर सिंहले सम्बन्धित नियकाले समयमा काम गर्नुपर्ने बताए । ‘कडाईका साथ सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने, ‘स्थानीयहरुका समस्याहरुलाई सम्बोधन हुने गरि विकास गर्नुपर्छ।’ वडा नं। ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापती दानबहादुर ऐरले समस्याको दिर्घकालीन समधानका लागि सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने बताए । 

 

यस्तै शुक्लाफाँटा नगरपालि वडा नं। ९ का अध्यक्ष रमेश ऐरले कलुवापुर बजार क्षेत्रको डुबानको समस्या समाधानका लागि नगरपालिकाले अवश्यक पहल गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य शिवराज भट्टले कलुवापुर बजार क्षेत्रको समस्या समाधानका लागि सरकारी निकायले सडकको नापजाँच गरि स्थानियलाई काखापाखा नगरि समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए।

 

कलुवापुर बजार व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष लक्ष्मण नाथले समस्याकाबारे बेला९बेलामा सम्बन्धित निकायमा गुनासो राख्दा पनि कसैले नसुनेको र यस क्षेत्रका बासिन्दा र व्यापारी पिडीत रहेको गुनासो राखे । स्थानीय चक्र सेठीले सडकको नक्सा अनुसार नालीसहित व्यवस्थित गरिनु पर्ने बताए । ‘विभिन्न बाहानामा कसैको घर खेत बचाउने र मापदण्ड विपरित काम भए हामीहरुको विरोध रहन्छ,’ उनले भने ।

 

स्थानिय महेश बिष्टले ३० बर्ष पुरानो सडक रहेको र कहिले धुलो र डुवानको समस्या खेप्दै आएको यस सडकको निर्माण पुरानो नक्साका आधारमा कसैलाई पनि भेदभाव नगरि निर्माण हुनु पर्नेमा जोड दिए। पुर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले कलुवापुर बेलौरी सडकको कालोपत्रे गर्ने कार्य उपयुक्त मौसमसँगै माघबाट गरिने बताउँदै तत्काल ढल सहितको नाली निर्माण कार्य अघि बढाईने बताए। 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

कञ्चनपुर, १७ माघ : उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया,

महेन्द्रनगरमा रहेको संविधानचोकमा पुस २ गतेसम्म प्रदर्शन निषेध

झलारी । कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रको शालिक राख्ने विषयमा राजनीतिक दलबीच विवाद बढेपछि निशेधाज्ञा जारी गरेको छ। दलहरु आ-आफ्ना अडानमा दृढ

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा ५ लाख ५४ हजार मृत्यु दावी भुक्तानी

झलारी । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी झलारी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरि मृतक बीमित