शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना तथा आहारा प्रजातीको अनुगमन सुरु गरिएको छ। सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार यहाँ बयस्क बाघको संख्या ३६ रहेको छ। िनेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ। २०२१ देखि निकुञ्जले स्थानीयस्तरमा पनि हरेक वर्ष गणना गर्दै आएको छ। कम घनत्व भएका र चोरी शिकारको जोखिम भएका संरक्षित क्षेत्रमा बाघको नियमित अनुगमन गर्ने कार्यक्रम अन्तर्गत शुक्लाफाँटामा पनि वर्षेनी गणना गरिँदै आएको हो।

 

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई २÷२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरि एक÷एक जोडी स्वचालित क्यामेरा जडान गरिने छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गरिनेछ। १५ दिनपछि क्यामेराहरु निकालेर तस्बिरहरुको विश्लेषण गरिनेछ। राष्ट्रिय गणनामा संरक्षित क्षेत्रसँगै बाघ पाइने अन्य क्षेत्रमा पनि अनुगमन गरिन्छ। तर अहिले निकुञ्जको कोर एरियामा मात्रै गणना गरिनेछ।  रासस

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी