बैजनाथका विद्यार्थीले  गरे नगरभित्रै शैक्षिक भ्रमण

झलारी । शुक्लफाँटा नगरपालिका वडा नम्बर ८ स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेका छन् । शुक्लाफाँटा नगरपालिका संगै १२ वटै वडा कार्यालय संगै मठ–मन्दिरहरुको बिहीबार विद्यार्थीहरुले अवलोकन भ्रमण गरेका हुन् । स्थानीय संस्कृत सोही ठाँउको जनजीवन, भूगोल लगायतका विविध विषयवस्तुबारे बालबालिकालाई जानकारी गराउनका लागि विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराइएको विद्यालयका सहायक प्रधानाध्यापक पदम सावदले बताए ।  

 

भ्रमणबाट विद्यार्थीहरुमा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर शैक्षिक भ्रमण गराइएको हो । विद्यार्थीहरुले शैक्षिक भ्रमणका क्रममा नगर प्रमुख रण बहादुर महरासंग समेत भेट गरेका थिए । नगर प्रमुख महराले विद्यार्थीहरुलाई नगरपालिकामा स्वागत गर्दै नगरपालिकाले प्रवाह गर्ने सेवाबारे जानकारी दिए। ‘यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरुलाई नगरबारे बुझ्न सहज हुन्छ,’ उनले भने, ‘नगरभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोग पुग्छ, यस्ता शैक्षिक भ्रमण अन्य विद्यालयले पनि गर्नु जरुरी छ।’

 

नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराले नगरपालिकाका विषयगत शाखाहरु र कामबारे जानकारी दिएका थिए । नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो शुक्लाफाँटा’ निर्माण गरेर विद्यार्थीहरुलाई अध्यापन गराइरहेको छ । स्थानीय पाठ्यक्रममा शुक्लाफाँटा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक, जनसंख्या तथा राजनीतिक अवस्थाको परिचयसम्मका विषयवस्तु समावेश गरिएका छन् ।

 

साथै स्थानीय सरकारको परिचय, विभिन्न समितिका काम, कर्तव्य र अधिकारका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् । त्यसैगरी नगरपालिकाभित्र रहेका धर्म, संस्कृति तथा सांस्कृतिक मूल्यमान्यता, रहनसहन, प्राकृतिक स्रोत साधन, पर्यटकीयस्थल आदिको पहिचान, जगेर्ना, संरक्षण र संवद्र्धनका लागि पनि विषयवस्तु यसमा राखिएका छन् । यस पाठ्यक्रममा समुदायमा भएका पहाडी समुदाय, राना थारू र डगौरा थारू सबै समुदायको कला, संस्कृति समेटिएको छ ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी