बजार सरसफाई गर्दै कृष्णपुरका जनप्रतिनिधि

जय महाकाल युवा समुहको अगुवाइमा कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित बाणी बजारमा सरसफाई गरिएको छ । हरियो नेपाल:सफा नेपाल निर्माण अभियान अन्तर्गत जय महाकाल युवा समुहले शनिवार बाणी बजार क्षेत्रमा २६ औँ हप्ता साप्ताहिक सरसफाई  कार्यक्रम गरिएको हो ।

 

सरसफाई कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि समेत सरिक भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले बाणी बजार सरसफाई गरेका छन् ।

 

बजार क्षेत्रलाई सफा,स्वच्छ,सुन्दर राख्न सरसफाई गरिएको वडाध्यक्ष साउँदले बताए । बजार सरसफाई नहुँदा दुर्गन्ध फैलिने भएकाले जय महाकाल युवा समुहको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा सहभागि भएर बजार क्षेत्र सरसफाई गरिएको वडाध्यक्ष साउँदले बताए ।

 

सरसफाई कार्यमा सडक किनारमा अव्यवस्थित रुपमा फालिएका र पसल,वरीपरी फालिएका फोहर संकलन गरी हटाइएको थियो ।

 

सरसफाई कार्यक्रममा वडाध्यक्ष साउँद सहित वडा सदस्य राजेन्द्र बहादुर सिंह,बाणी बजार व्यवस्थापन समितिका सचिव भुवन धामी,पूर्व अध्यक्ष डम्मर जोशी,जनउत्थान आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नरेश कार्की,स्थानीय व्यापारी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

 

जय महाकाल युवा समुहले कृष्णपुर २ बनहरामा गौरक्षाका लागि गौशाला निर्माण गरेको छ । सामाजिक कार्यमा सक्रिय रुपमा लागि रहेको यस युवा समुहले असाहयलाई सहारा दिदै समाजमा भइरहेका विकृति,विसंगति विरुद्ध लागिरहेको छ ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी