क्रियाशील सदस्यहरुलाई निशुल्क दुर्घटना बिमा गराउने नवराज जोशीको घोषणा

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवार नवराज जोशीले क्रियाशील सदस्यहरुलाई निशुल्क दुर्घटना बिमा गर्ने घोषणा गरेका छन्। कांग्रेसका क्रियाशीलहरुलाई कुनै पनि सुविधा नभएको र कांग्रेस अान्तरिक राजनीतिको भोट बैंकको रुपमा मात्र प्रयोग गरेको भन्ने अारोप लाग्ने गरेकोमा जोशीले नयाँ सुरुवात गरेका हुन्। कञ्चनपुर क्षेत्र नम्बर २ मा ३३ सय क्रियाशील सदस्यहरु रहेका छन्।

 

सभापतिका उम्मेदवार जोशीले अाफू निर्वाचित भएमा निशुल्क दुर्घटना बिमा गराउने घोषणा गरेका हुन्। त्यसैगरी क्षेत्र नम्बर २ मा रहेका तीन स्थानीय तहमा र ३० वडा, दुई प्रदेश क्षेत्र र एक प्रतिनिधि सभाको क्षेत्रमा पनि अागामी निर्वाचनमा कांग्रेसको सिंगो टिमलाई निर्वाचित गराउने वातावरण सिर्जना गर्नेसमेत जोशीले दाबी गरेका छन्। क्षेत्र नम्बर २ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महामन्त्रीका उम्मेदवार एनपी साउँदको क्षेत्र हो। क्षेत्रीय सभापतिका लागि लालबहादुर सिंहले पनि उम्मेदवारी घोषणा गरेका छन्। सिंहभन्दा जोशी बलियो उम्मेदवारको रुपमा देखिएका छन्। जोशीले अाफूलाई एनपी साउँदसहित सबै नेताहरुको समर्थन र अधिकांश क्षेत्रीय प्रतिनिधिहरुको समर्थन रहेकोसमेत दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी