एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने, नाबालकले पनि लिनसक्ने

काठमाडौँ, असार २३ गते । एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्न नपाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ निर्णय गरेको हो।