देशका केही ठाउँमा आज पनि वर्षा, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

२०८१ चैत ३० गते शनिबार। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने सुदूरपश्चमि, कर्णाली र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमीक रुपमा कम हुने देखिन्छ ।
_SOZ6q2QO0H.jpeg)
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०८१ चैत्र २९, शुक्रबार, काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने
चैत २६, २०८१ मंगलबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट

ढकमक्क फुलेको लालीगुराँस, गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढ्दै
सोमबार, ११ चैत २०८१, सुर्खेत। ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउने क्रम पनि बढेको छ । वसन्त ऋतुमा गुराँसे जंगलको
प्रतिकृया दिनुहोस