आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८१ चैत्र २९, शुक्रबार, काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

 

आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ ।

 

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

देशका केही ठाउँमा आज पनि वर्षा, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

२०८१ चैत ३० गते शनिबार। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने

चैत २६, २०८१ मंगलबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट

ढकमक्क फुलेको लालीगुराँस, गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढ्दै

सोमबार, ११ चैत २०८१, सुर्खेत। ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउने क्रम पनि बढेको छ ।   वसन्त ऋतुमा गुराँसे जंगलको