दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयको भनाई, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन् - प्रहरी

२०८१ चैत २९ गते ।  मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रहरीको उच्च स्रोतले प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको दाबी गरेको छ । यद्देपी प्रसाईको सचिवालयले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।

 

‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको उनी माथि आरोप छ । उनले प्रदर्शनकै क्रममा आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा गाडी अगाढी बढाएका थिए ।


प्रहरी स्रोतले प्रसाई पक्राउ परेको जनाएपनि नेपाल प्रहरीले भने पक्राउ परे नपरेको हालसम्म औपचारिक पुष्टि गरेको छैन ।

 

नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।

 

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

 

उनले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

दमकमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०८१ चैत ३० गते झापा । आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।   लोकतान्त्रिक

बैतडीमा पहिलो पटक नगरबस सञ्चालन

२०८१ साल चैत २६गते, बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस

प्रजातन्त्र पुनःस्थापनाको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै

चैत्र २६ गते, २०८१ नेपालमा प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक दिनको अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ। विसं २०४६