सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि १७ लाख १६ हजार थान किताब आयो

धनगढी,२०८१ चैत्र २५ । जनक शिक्षा सामाग्री केन्द्रले सुदूरपश्चिम प्रदेशका लागी १७ लाख १६ हजार थान किताब पठाएको छ।
नयाँ शैक्षिक सत्र २०८२ का लागि केन्द्रले आवश्यक किताब धनगढी पठाएको जनाएको हो।सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि १८ लाख १७ हजार थान किताब आवश्यक पर्ने अनुमान गरिएको छ। शनिवारसम्म १७ लाख १६ हजार थान किताब धनगढी पुगेकोमा जनक शिक्षा सामाग्री केन्द्रले शनिवार मात्र थप २ वटा गाडी छापाखानाबाट पठाएको हो।
जनक शिक्षा सामाग्री केन्द्र, प्रादेशिक कार्यालय, धनगढीले किताब बिक्री–वितरणको कामसमेत गर्दै छ। छापाखानाबाट धनगढी आएका किताबहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लामा पठाउन थालिएको हो। जनक शिक्षा सामाग्री केन्द्र, धनगढीका प्रमुख रामविनय श्रेष्ठले बाजुरा जिल्लाबाट किताब वितरणको काम सुरु गरेको बताए।
उनले बाजुरा, दार्चुला, बझाङ र बैतडी जिल्लामा किताब पठाइएको बताए । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले बाजुराका लागि एक लाख नौ हजार २ सय ९६ थान, दार्चुलाका लागि ९५ हजार चार सय ६ थान, बझाङका लागि ७२ हजार पाँच सय ५० थान र बैतडीका लागि एक लाख एक हजार सात सय ७३ थान किताब पठाएको छ । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले शुक्रवारसम्म तीन लाख ७९ हजार २५ थान किताब पहाडी चार जिल्लाका लागि पठाएको हो । डोटी र अछामका लागि शनिवार किताब पठाइएको छ।
सुदूरपश्चिम प्रदेशमा सूचीकृत भएका एक सय ९४ व्यापारीहरू मार्फत जनक शिक्षाले किताब बिक्री–वितरण थालेको हो। सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्र २०८२ का लागि चैत २९ गतेसम्म जिल्लाहरूमा किताब पु¥याउने लक्ष्य जनक शिक्षा सामाग्रीको छ । तर, स्थानीय तहहरु तथा विद्यालयहरूले किताबको माग नगरेकाले व्यापारीहरूलाई भने समस्या भएको छ।
विद्यालयको माग अनुसार व्यापारीहरुले जनक शिक्षाबाट किताब लिने गरेका छन्। विद्यार्थीको सङ्ख्या नआएकाले व्यापारीहरूले बिताब ढुवानीमा सुमेत समय लगाउदैछन्।नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, एक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएका छन्। वैशाखको पहिलो सातासम्म किताब वितरण गरि सक्ने लक्ष्य छ । पुस्तक वितरणमा मुख्य विक्रेता जनक शिक्षा सामग्री केन्द्र हुनेछ । सातै प्रदेशमा यसका कार्यालय छन् ।
केन्द्रले सातै प्रदेशका कार्यालयमा किताब पु¥याउनेछ। त्यहाँबाट जिल्ला–जिल्लामा ढुवानी हुनेछ ।
साभार - जनबोली खबर ।

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव
धनगढी,२०८१ चैत्र २५ । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ। वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका

दुर्गा प्रसाईंको पछि लाग्दा फसेको राप्रपाको निष्कर्ष, अब एजेन्डा मिल्दैमा समर्थन नगर्ने
चैत २३ , २०८१ शनिबार, काठमाडौँ । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा मच्चिएको उत्पातले पार्टीलाई रक्षात्मक बनाएको राष्ट्रिय प्रजातन्त्र

वैदेशिक रोजगारीमा जाने महिला बढे
१९ चैत २०८१, मङ्गलबार । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै महिलाको पनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक
प्रतिकृया दिनुहोस