वैदेशिक रोजगारीमा जाने महिला बढे

१९ चैत २०८१, मङ्गलबार । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै महिलाको पनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भएको देखाएको हो ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षअघि पाँच प्रतिशत रहेकामा अहिले ११ प्रतिशत पुगेको छ । यो समग्र श्रम स्वीकृतिको हिस्सा हो । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएकोमा ८० हजार १७२ जना महिला रहेको थियो । जुन १०।८२ प्रतिशत हुन आउँछ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि पछिल्ला पाँच वर्षको तुलनामा आव २०८०र८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका छन् । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि बिचमा विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।
विगत पाँच वर्षका बिचमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या छ प्रतिशतले वृद्धि भएर गत वर्षसम्म आइपुग्दा सबै श्रम स्वीकृतिमा ११ प्रतिशत पुगेको छ । यो हेर्दा बिदेसिने महिलाको सङ्ख्या प्रत्येक वर्ष १।२० प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले विदेशमा नेपाली महिलाका लागि रोजगारीका अवसर बढेसँगै खाडीको युएई, मलेसिया, साइप्रस र सरकार–सरकार सम्झौता भएका देश दक्षिण कोरिया तथा इजरायल जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो ।
नेपालले औपचारिक रूपमा १११ देश वैदेशिक राजगारीका लागि खुला गरेको छ । अधिकांश महिला केयरगिभर, नर्स र घरेलु श्रमिकका रूपमा संयुक्त अरब इमिरेट्स ९युएई० कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने कुल सङ्ख्या हेर्दा अधिकांश तराईका जिल्ला र त्यसमा पनि मधेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक छ । वैदेशिक रोजगारीमा जानेमा कोशी, गण्डकी, बागमती र लुम्बिनीका मिश्रित समुदायका महिला धेरै गएका छन् ।
साभार गोरखापत्र

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव
धनगढी,२०८१ चैत्र २५ । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ। वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका

सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि १७ लाख १६ हजार थान किताब आयो
धनगढी,२०८१ चैत्र २५ । जनक शिक्षा सामाग्री केन्द्रले सुदूरपश्चिम प्रदेशका लागी १७ लाख १६ हजार थान किताब पठाएको छ। नयाँ शैक्षिक सत्र २०८२ का लागि

दुर्गा प्रसाईंको पछि लाग्दा फसेको राप्रपाको निष्कर्ष, अब एजेन्डा मिल्दैमा समर्थन नगर्ने
चैत २३ , २०८१ शनिबार, काठमाडौँ । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा मच्चिएको उत्पातले पार्टीलाई रक्षात्मक बनाएको राष्ट्रिय प्रजातन्त्र
प्रतिकृया दिनुहोस