लालझाडीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा जंगली हात्ती मृत्यु भएको घटनामा १ जना पक्राउ

७ चैत, २०८१
झलारी । कञ्चनपुरको लालझाडीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा जंगली हात्ती मृत्यु भएको घटनामा १ जना पक्राउ परेका छन् ।

 

कञ्चनपुरको लालझाडी गाउँपालिका ४ पर्सियामा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर फागुन ७ मा जंगली हात्ती मृत्यु भएको थियो । डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो । रानाकै खेतमा हात्ती मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब९डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए ।


फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धराप

 

बाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए ।

 

रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

 

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए । घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए । हात्ती मृत भेटिएको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।


फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए ।

 

रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

 

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए । घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए । हात्ती मृत भेटिएको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुराको परशुराममा उपभोक्ताको किर्ते हस्ताक्षर गरेर वन कटान गरिँदै

परशुराम,२०८१ चैत्र २५ । र डडेल्धुराको परशुराम नगरपालिका वाड नं ७ मा पर्ने घुम्टेगाडा स्थित सिताराम सामुदायिक वन समितिले किर्ते हस्ताक्षर गरेर वनकटा

आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै

चैत २४, २०८१ आइतबार । आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका

बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

​​​​​२०८१ चैत्र २३, बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरू घर