सुदुरपश्चिमका ५८ हजार ९४३ विद्यार्थी एसइईमा सहभागी हुँदै, छात्रभन्दा छात्रा धेरै

,चैत्र ५। यस वर्ष सुदूरपश्चिम प्रदेशबाट ५८ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसइई मा सामेल हुने भएका छन्।

 

शिक्षा विकास निर्देशनालय दिपालय डोटीका अनुसार एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी हुन लागेका छन्। ०८० मा सुदूरपश्चिमबाट ५५ हजार १० विद्यार्थीले एसइईमा सहभागी भएका थिए। शिक्षा विकास निर्देशनालय दिपालय डोटीको तथ्यांक अनुसार परीक्षार्थीमध्ये ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र रहेका छन्।

 

नौवटै जिल्लाका २२६ परीक्षा केन्द्रमार्फत नियमिततर्फ ४४ हजार २९४, ग्रेटवृद्धि १२ हजार २५५ प्राविधिक धारतर्फ दुई हजार चार सय विद्यार्थी रहेका छन्।५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४८८ विद्यार्थी, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा २८ हजार २ विद्यार्थी, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी एसइईमा सहभागी हुन लागेका छन्।यस्तै 

 

२६ केन्द्र रहेको अछाममा ५ हजार २९, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी, २० केन्द्र रहेको बझाङमा ४ हजार ६४४ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५३ हजार ६२ र १७ केन्द्र रहेको दार्चुलामा तीन हजार  ३७ विद्यार्थी एसइईमा सहभागी हुन लागेका छन्।शिक्षा विकास निर्देशनालय दिपालय डोटीका शिक्षा निर्देशक दुर्गादत्त विष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ।

 

सबै शिक्षा विकास तथा समन्वय इकाइ केन्द्र, परीक्षा केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराइएको छ। परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरण सम्पन्न गरिने निर्देशक विष्टले बताए। 

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि