बाजुरामा क्रुर अपराध, जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै नदीमा बगाइयो

२०८१ चैत ४ गते ।, बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका (६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।

 

गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा कर्णाली नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।

 

गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ। नदीमा डुब्दै गरेको गाई पटक(पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।

 

शनिवार स्थानीय पत्रकार धनबहादुर बीसीले यो उच्छृंखल र अत्यासलाग्दो दृश्य  खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । बीसीका अनुसार स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई नदीमा बगाएका थिए ।‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिए पापमुक्त हुनेुु अन्धविश्वास छ । 

 

परम्पराको आवरणमा बाजुरामा पहिलेदेखि  यस्तै हुँदै आएको उनले बताए ।

प्रतिकृया दिनुहोस

डडेल्धुराको परशुराममा उपभोक्ताको किर्ते हस्ताक्षर गरेर वन कटान गरिँदै

परशुराम,२०८१ चैत्र २५ । र डडेल्धुराको परशुराम नगरपालिका वाड नं ७ मा पर्ने घुम्टेगाडा स्थित सिताराम सामुदायिक वन समितिले किर्ते हस्ताक्षर गरेर वनकटा

आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै

चैत २४, २०८१ आइतबार । आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका

बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

​​​​​२०८१ चैत्र २३, बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरू घर