शुक्लाफाँटामा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

२०८१ फागुन ३० गते, झलारी । शुक्लाफाँटा नगरपालिका ८ को वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।

 

वडा कार्यालयका आयोजित एक कार्यक्रममा क्रिकेट खेलाडी रविना धामीलाई रु ५० हजार बरावराका क्रिकेट खेल सम्बन्धीका खेलकुद सामग्री वडा अध्यक्ष बहादुर सिंह महराले हस्तान्तरण गर्नु भएको हो ।


खेलकुद सामग्री हस्तान्तरण गर्नु हुदै उहाँले आर्थिक अभावले खेलकुदमा अब्बल रहेका खेलाडीले सामग्रीको अभाव झेल्नु नपर्ने बताउनु भयो । शहरको तुलनामा ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरुले खेलमैदान, खेल सामग्री, दक्ष प्रशिक्षकको अभावमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताउनु भयो । खेलाडीलाई खेलकुद खेल्नका लागि उचित वातावरण प्रदान गरिए दक्षतालाई निर्खान सकिने उहाँको भनाई थियो ।


वडा सचिव गोकर्णप्रसाद जोशीका अनुसार धर्मजनता माध्यमिक विद्यालयलाई खेलकुद सामग्री खरिद हस्तान्तरण कार्यक्रम अन्र्तगत खेलाडी धामीलाई प्याड निलो, थाई प्याड, ग्लोब्स, लेदर व्याड, क्रिकेट सुज, किट व्याग लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।खेलकुद सामग्री पाए पछि खुसि हुदै खेलाडी धामीले टुटेको व्याडले क्रिकेटको अभ्यास गर्दै आएकोमा सामग्री पाएपछि अभ्यास संगै क्रिकेट खेल्नका लागि सहज हुने बताउनु भयो ।


यस अघि वडा कार्यालयले वडाका अन्य खेलाडीहरुलाई रु ३५ हजार मूल्य बरावरका क्रिकेट सामग्री वितरण गरेको थियो ।

युवाहरुलाई खेलकुद तर्फ डोरयाउनका लागि खेलकुद सामग्री वितरणको कार्यले सहयोग पुरयाउदै आएको लालसिंह महराले बताउनु भयो ।

 

“खालि समय हुदा युवाहरु लागु औषधको कुलतमा फस्दै आएका थिए” उहाँले भन्नुभयो, “खेलकुद तर्फ युवाहरुलाई वडा कार्यालयले डोरयाउन थालेपछि कुलतमा फस्ने युवाहरुको संख्या घटदै गएको छ, खेलकुदका क्षेत्रमा जिल्लामा मात्रै नभएर राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा यस क्षेत्रका युवाहरुले पहिचान स्थापित गरेका छन ।”

प्रतिकृया दिनुहोस

महिला अन्तरराष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा नेपालको लज्जास्पद हार, युगाण्डासँग ४० रनले पराजित

२०८१ फागुन ३० गते,। महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। ​नेपाली टोली

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो

छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने