हिजो पहाडमा मनाइएको होली पर्व आज तराईमा मनाइँदै

फाल्गुन ३०, २०८१, पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लाहरूमा उल्लासपूर्वक मनाइँदैछ। फागु पर्वका रूपमा चिनिने होलीलाई यहाँ विशेष महत्वका साथ मनाइन्छ।

 

रङहरूको यो पर्व मित्रता, आत्मीयता, सामिप्यता, र सद्भाव प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। साथीभाइ, आफन्तजन भेला भई एकअर्कालाई रङ दलेर तथा शुभकामना साटासाट गर्दै होली मनाउने प्रथा रहेको छ।

 

पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएपछि भोलिपल्ट तराईमा मनाउने परम्परा छ। वसन्त ऋतुको आगमनसँगै एकआपसमा खुसी साटासाट गर्दै सामूहिक रूपमा रङ खेली पर्व उल्लासमय तरिकाले मनाइन्छ।

 

होलीमा प्रयोग गरिने विभिन्न रङहरूको धार्मिक तथा सांस्कृतिक महत्त्व छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ। भगवान गणेशलाई सबै रङ मन पर्ने विश्वास गरिन्छ भने रातो रङ शक्ति र सौभाग्यको प्रतीक हो।

 

पौराणिक मान्यताअनुसार, होली पर्व सत्य युगमा विष्णुभक्त प्रह्लादमाथि हिरण्यकश्यपुले गरेका अन्यायको अन्त्यको प्रतीक मानिन्छ। आगोबाट नजल्ने वरदान प्राप्त होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा प्रवेश गर्दा प्रह्लाद सुरक्षित रहेर होलिका नष्ट भएकी थिइन्।

 

त्यसैले, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा होली पर्व मनाउने परम्परा रहिआएको छ।

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि