बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भदौ १९ गते बुधबार, कैलाली । कैलालीमा २ वटा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन्।

 

जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा २ वटा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन्। मंगलवार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका– ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको प्रहरीले जनाएको छ। उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस

शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते

 २०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन

१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त