आजको मौसम

२०८१ भदौ १९ गते बुधबार,। हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ ।
देशका केही भू–भागमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

देशका केही ठाउँमा आज पनि वर्षा, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
२०८१ चैत ३० गते शनिबार। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
_SOZ6q2QO0H.jpeg)
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०८१ चैत्र २९, शुक्रबार, काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने
चैत २६, २०८१ मंगलबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट
प्रतिकृया दिनुहोस