बैतडीमा लुगा सुकाउँदा करेन्ट लागेर १ महिलाको मृत्यु, ४ जना घाइते

२०८१ भदौ १८ गते मंगलबार, बैतडी । बैतडीमा कपडा सुकाउने बेला करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार पाटन नगरपालिका(६ डुङग्राकी ५७ वर्षीया जानकी लुहार आफ्नै घर नजिक विद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रवाह भएको ग्याबिङ जालिमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा मृत्यु भएको प्रहरीले बताएको छ । साथै लुहारलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षकी कलावती ओड, १२ वर्षकी पवित्रा ओड, १० वर्षकी भवनेश्वरी ओड र २२ वर्षकी सिता लुहारलाई करेन्टको झड्का लागेको र अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस
शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते
२०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन
१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त
प्रतिकृया दिनुहोस