आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

२०८१ भदौ १७ गते सोमबार । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
वि।सं।१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको वि।सं।१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो । भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो ।
तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।

सुदुरपश्चिमका ५८ हजार ९४३ विद्यार्थी एसइईमा सहभागी हुँदै, छात्रभन्दा छात्रा धेरै
,चैत्र ५। यस वर्ष सुदूरपश्चिम प्रदेशबाट ५८ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसइई मा सामेल हुने भएका छन्। शिक्षा विकास

बाजुरामा क्रुर अपराध, जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै नदीमा बगाइयो
२०८१ चैत ४ गते ।, बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका (६ काप्रेमा

चैत महिनाको शुरु भएसंगै सुदूरपश्चिममा ‘भिटौलो’शुरु
२०८१ चैत ०१ गते,शुक्रबार, कञ्चनपुर । चैत महिनाको शुरु भएसंगै सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । बैतडी, दार्चुला लगायतका
प्रतिकृया दिनुहोस