धनगढीमा आइतबार गाईजात्रा हुँदै

२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा आज गाईजात्रा हुने भएको छ। शिखर आट्स प्रालिको आयोजनामा गाईजात्रा हुने भएको हो।

 

धनगढीको एसटिएस सिनेमा हलमा गाईजात्रा लाग्ने संयोजक सरस्वती खड्काले बताइन्। विगतमा समेत गरिँदै आएको गाईजात्रा यसपटक फरक शैलीमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, वडा अध्यक्ष, सदस्यलगायतको विशिष्ट व्यक्तिसहित गाईजात्रा कार्यक्रम आयोजना गरिन लागेको उनले बताइन्।

 

आज साँझ ५ बजेदेखि ८ बजे सम्म सञ्चालन हुने सो का लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ। गाईजात्रा सोमा राजनीति अस्थिरता, भाषा, कला, संस्कृति, विकृति, विसङ्गतिलगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको गाईजात्रा निर्देशक दीर्घ शाहीले बताए। जसका माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताए।

 

कार्यक्रममा शीर्ष नेता प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको क्यारिकेचरसहित वर्तमान देशको स्थिपतबारे व्यांग्यसमेत गरिने उनले बताए।

 

पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त शो को टेलर पनि सार्वजनिक गरिएको थियो। गाईजात्रा हेर्न सबैलाई आउन शिखर आट्स प्रालिका प्रबन्धक निर्देशक राजकुमार जोशीले आग्रह गरे। यसले समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ।

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि