सुदूरपश्चिममा पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने

२०८१ भदौ १५ गते शनिबार, धनगढी। सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकाको समन्वय र अखिल नेपाल फुटबल संघ एनफाको स्वीकृतिमा धनगढीस्थित फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। फुटबल खेलको विकासका लागि प्राविधिक, खेल विकासका कार्यक्रम र भौतिक पूर्वाधार निर्माणका ससाना कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्।

 

कैलाली जिल्ला फुटबल संघले प्राविधिक उत्पादन र स्तरोन्नतीका कामहरु गर्दै आएको छ। पहिलो पटक अखिल नेपाल फुटबल संघ एनफाले फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको छ। कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले धनगढी उपमहानगरपालिका१४ डिपोबजार क्षेत्रमा प्रशिक्षण केन्द्र निर्माण गरिने बताए। उनले भने, ‘कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ।

 

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको हो। सुदूरपश्चिममै पहिलो पटक कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिएको छ।सुदूरपश्चिम प्रदेशबाट फुटबलका खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न केन्द्र निर्माण गर्ने योजनामा एनफाको छ।

प्रतिकृया दिनुहोस

महिला अन्तरराष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा नेपालको लज्जास्पद हार, युगाण्डासँग ४० रनले पराजित

२०८१ फागुन ३० गते,। महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। ​नेपाली टोली

शुक्लाफाँटामा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

२०८१ फागुन ३० गते, झलारी । शुक्लाफाँटा नगरपालिका ८ को वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।   वडा कार्यालयका आयोजित एक

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो